ad ad

Draft


देशभरका खेल पूर्वाधार निरीक्षण र वर्गीकरणका लागि समिति

देशभरका खेल पूर्वाधार निरीक्षण र वर्गीकरणका लागि समिति

नेपालखबर
पुस ९, २०८० सोमबार १२:४२, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो। सातै प्रदेशको समितिमा राखेपका सदस्यलाई संयोजक तोकिएको छ, सबै समिति ३ सदस्यीय छन्।

सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कर्णाली प्रदेशमा प्रकाशकुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन्।

गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद– २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न र राखेपअन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको निरीक्षण गर्न समिति बनेको हो।

प्रदेश सरकार, स्थानीय सरकार तथा खेलकुदसँग सरोकारवाला पक्षसँग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .