कारोबार


बर्गम्यान स्ट्रिट : बीएस–६ इन्जिनको ‘म्याक्सी स्कुटर’ (भिडिओ रिभ्यु)

बर्गम्यान स्ट्रिट : बीएस–६ इन्जिनको ‘म्याक्सी स्कुटर’ (भिडिओ रिभ्यु)

तस्बिर/भिडिओ: विजय सिंह


वसन्त अर्याल
कात्तिक १६, २०७८ मंगलबार १३:५५, काठमाडौँ

सुजुकीको म्याक्सी स्कुटर बर्गम्यान स्ट्रिट नेपाली बजारमा आएको छ।  

खासगरी टुरिङ स्कुटरलाई ‘म्याक्सी स्कुटर’का रुपमा चिनिन्छ। यसको आकार पनि ठूलो हुनुका साथै इन्जिन पनि शक्तिशाली हुन्छ। 

यस्तो स्कुटर चलाउन निकै आनन्ददायी हुने गर्छ। 

भिडिओ रिभ्यु :

बर्गम्यान स्ट्रिट युरोपेली शैलीको विलासी आकारप्रकारमा उपलब्ध छ। यसमा सहजै स्टार्ट हुने ‘इजी स्टार्ट सिस्टम’का साथै बहुउपयोगी डिजिटल प्यानल पनि समावेश छ। यसअनुसार डिजिटल घडी, फ्युल, आयल चेन्ज इन्डिकेटरहरु रहेका छन्। 

स्कुटरको अगाडि भागमा मोबाइल चार्ज गर्न मिल्ने यूएसबी पोर्टसहित २ लिटर ग्लभ बक्स छ। साथै पानीको बोटललगायतका सामग्री राख्न मिल्ने फ्रन्ट पकेट निकै उपयोगी छ।  

बर्गम्यान स्ट्रिट सामान्य स्कुटरको तुलनामा ठूलो आकारको छ। चौडा एप्रोन, ठूलो विन्डस्क्रिन, लामो र चौडा कम्फर्टेबल र प्रिमियम सिट छ। स्कुटरमा २१.५ लिटरको ‘स्टोरेज क्यापासिटी’ छ। जसमा फुल फेस हेलमेट, सपिङ ब्याग, पर्सलगायत सामग्री राख्न सकिन्छ। 

बीएस–६ इन्जिन, १२५ सीसी
बीएस ६ इन्जिनमा स्कुटर उपलब्ध यो स्कुटर १२५ सीसीको रहेको छ। ४ स्ट्रोक सिंगल सिलिन्डरयुक्त यसको इन्जिनले ६७ सय ५० आरपीएममा अधिकतम ८.७ पीएस र ५ हजार ५०० आरपीएम १० एनएम टर्क जेनेरेट गर्छ। 

एलईडी हेडलाइट, कम्बाइन ब्रेकिङ सिस्टम 
स्कुटरमा चहकिलो एलईडी हेडलाइट छ। यसले रातिमा समेत चालकलाई निर्धक्क चलाउन मद्दत गर्छ। 

स्कुटरमा ठूलो डाइमिटरको अगाडि टायर र डिस्क ब्रेक रहेको छ। यो स्कुटरको ब्रेकिङ प्रणालीमा नयाँपन दिन खोजिएको छ। कम्बाइन्ड ब्रेकिङ सिस्टम रहेको कारण दुवै टायरलाई ब्रेक लगाउँदा यो प्रणालीले सन्तुलनमा ल्याउँछ। 

५.६ लिटरको इन्धन ट्यांकी, प्रतिलिटर ५३.५ किमि माइलेज 
स्कुटरमा ५.६ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी छ। स्कुटरले ५३.५ किमि प्रतिलिटर माइलेज दिन्छ। अगाडिको भागमा १२ इञ्चको र त्यसैगरी पछाडिको भागमा १० इञ्चको अलोए ह्विल रहेको छ। स्कुटरको सिटको उचाइ ७८० एमएम रहेको छ ।

स्कुटरको लम्बाइ १८ सय ८० एमएम, चौडाइ ७१५ एमएम, समग्र उचाइ ११ सय ४० एमएम, ह्विलबेस १२ सय ६५ एमएम रहेको छ। 

१६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स 
त्यसैगरी यो स्कुटरमा १६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। स्कुटरको तौल १०८ किलोग्राम मात्र छ । 

स्कुटरमा फिचर्सको रुपमा लक्जिरियस एलईडी हेडलाइट, लिड रियर कम्बिनेसन लाइट, स्पोर्टी मफ्लर कभर, आल्मुनियम पिलियन फुटरेस्ट, कन्भिनेन्ट डुअल लगेज हुक्स, फ्लेक्जेवल फुट पोजिसन, सटर कि विथ सेन्ट्रल सिट लक रहेको छ। 

५ रंगमा उपलब्ध छ बर्गम्यान स्ट्रिट, मूल्य २ लाख ७४ हजार ९ सय 
नेपाली बजारमा हाल ५ कलरमा उपलब्ध रहेको छ। नेपालका लागि सुजुकी टू ह्वीलर्सको आधिकारिक बिक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि रहेको छ। स्कुटरको मूल्य दुई लाख ७४ हजार नौ सय रुपैयाँ  रहेको छ। 

स्कुटरको सस्पेन्सनको रुपमा फ्रन्ट टेलेस्कोपिक र रियरमा स्विङ आर्म रहेको छ। यसका टायरहरु ट्युबलेस रहेका छन्। 

याे पनि पढ्नुहाेस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .