कारोबार


२७ मिनेटमा गौतम बुद्ध विमानस्थल पुग्यो वाइडबडी, एक फन्को मारेर अवतरण

२७ मिनेटमा गौतम बुद्ध विमानस्थल पुग्यो वाइडबडी, एक फन्को मारेर अवतरण

काठमाडौंबाट उड्नुअघि निगमको वाइडबडी।


वसन्त अर्याल
बैशाख १५, २०७९ बिहिबार १८:११, भैरहवा

भैरहवास्थित दोस्रो अन्तराष्ट्रिय विमानस्थल (गौतमबुद्ध)मा  नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस ३३० जहाजले परीक्षण उडान गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी सफलतापूर्वक अवतरण गरिएको हो। 

२७४ सिट क्षमता भएको वाइडबडी ए–३३० जहाज काठमाडौंबाट २७ मिनेटमा भैरहवा पुगेको थियो। परीक्षण उडान भएकाले विमानस्थलको एक फन्को मार्दा करिब ५० मिनेट आकाशमा उडान गरेको थियो। 

क्याप्टेन श्रवण रिजालको नेतृत्वमा रहेको निगमका चालक दलका सदस्यहरुले वाइडबडीलाई भैरहवा लगेका हुन्।  

विमानमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित मन्त्रालयका कर्मचारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित कर्मचारीहरु, पर्यटनसम्बद्ध व्यवसायी, पत्रकार लगायत यात्रु समेत सहभागी भए।  
 

करिब १६ हजार फिट माथिबाट उडान भरेको वाइडबडी गौतम बुद्व विमानस्थलमा एक फन्को मारेर अवतरण गरेको हो। 

भैरहवामा अवतरण गरेसँगै यात्रुले ताली पिटेर खुसियाली व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .