ad ad

कारोबार


जापानका लागि उडेको वाइडबडीमा धुवाँ आएपछि काठमाडौं फर्काइयो

जापानका लागि उडेको वाइडबडीमा धुवाँ आएपछि काठमाडौं फर्काइयो

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७९ बुधबार ८:३३, काठमाडौँ

यात्रु लिएर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट धुवाँ निस्किएपछि काठमाडौं नै फर्काइएको छ। 

मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौं नै फर्काइएको हो। 

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामै फर्काइएको हो। 

निगमका अधिकारीका अनुसार विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं नै फर्काएका हुन्। 

मर्मतपछि उक्त जहाज आज बुधबार बिहान ९ बजे यात्रु लिएर पुनः उड्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .