ad ad

कला


‘प्रकाश’ले चुँडेको प्रदीपको सपना

‘प्रकाश’ले चुँडेको प्रदीपको सपना

नेपालखबर
भदौ २९, २०७९ बुधबार ८:४७, काठमाडौँ

नायक प्रदीप खड्काले आफ्नो करिअरमा ‘प्रकाश’ फिल्मबाट सफलताको सपना देखेका थिए। हरेक फिल्ममा लभर ब्वाईको भूमिकामा देखिएका प्रदीप यो फिल्ममा फरक रुपमा प्रस्तुत भए।

चार वर्षको अन्तरालमा हलमा देखिएका प्रदीपको निकै चर्चा पनि थियो। उनी आफ्नो करिअर नयाँ ढंगबाट अगाडि बढ्नेमा आशावादी देखिन्थे। तर यही भदौ १० गतेदेखि प्रदर्शनमा आएको फिल्मले उनलाई सोचेजस्तो सफलता दिन सकेन।

फिल्म औसतमा चल्यो। केही हलमा प्रकाशको शो अझैं बाँकी छ। औसत व्यापार गरेको फिल्मको चर्चा भने निकै राम्रो थियो। फिल्म चल्नुअघिसम्म प्रदीपको आश थियो, यो फिल्मले बम्पर कमाइ गर्छ। इहि आत्मविश्वासले उनले फिल्मले राम्रो व्यापार नगरे आफूले लिएको पारिश्रमिक समेत फिर्ता गर्ने बताएका थिए। तर प्रदीपको यो आशा निराशामा बदलियो।

प्रदीपकै अर्को फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छ। हिन्दी डब भएर भारतमा समेत प्रदर्शन हुन लागेको फिल्मको प्रचारमा प्रदीप अहिले भारतमा छन्। फिल्मको चर्चा पनि निकै राम्रो छ। प्रदीपले दाबी गर्दै आएका छन्, ‘प्रेमगीत ३’ले बक्स अफिसको अहिलेसम्मको रेकर्ड तोड्छ। उनको यो दाबी पूरा हुन्छ हुँदैन हेर्नका लागि फिल्म प्रदर्शनसम्म कुर्नु पर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .