कारोबार


विनोद चौधरी भन्छन्– मुस्लिम समुदाय निर्णायक र महत्त्वपूर्ण भूमिकामा छन्

विनोद चौधरी भन्छन्– मुस्लिम समुदाय निर्णायक र महत्त्वपूर्ण भूमिकामा छन्

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १४:८, नवलपरासी

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन्। 

नेपाल मुस्लिम संघद्वारा नवलपरासीको जिमिरेभारमा आयोजित मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताएका हुन्।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने समुदाय रहेको जिकिर गरे। 

मुस्लिम समुदाय समेत नेपालको परिप्रेक्ष्य मूल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पूर्ण साथ रहेको विश्वास व्यक्त गरे। 

निर्वाचन केन्द्रित विषयवस्तुहरुलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुबानको समस्या, उखु किसानको समस्या र उत्पादित केराको बजारीकरणबारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दाबी गरे। 

जनताको आयस्तर वृद्धि हुनुपर्नेमा जोड दिँदै नेता चौधरीले समग्र रुपमा मुस्लिम समुदायको शैक्षिक स्तर वृद्धि , विश्वविद्यालय स्थापनालगायतका विषयमा सरकारले प्राथमिकता दिनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .