नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ।
माइडियाले उपभोक्ताहरुका लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको जनाएको छ।
माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका कम्पनीको दाबी छ। नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरु घर ल्याउन र जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउन कम्पनीले आग्रह गरेको छ।
18
Shares
प्रतिक्रिया