ad ad

कारोबार


उड्डयन प्राधिकरणसँग निगमले माग्यो पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ

उड्डयन प्राधिकरणसँग निगमले माग्यो पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १४:५, काठमाडौँ

नेपाल वायुसेवा निगमले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्य आफूलाई दिन आग्रह गरेको छ। 

निगमले भैरहवा विमानस्थलको समेत ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ। 

आफूले हाल गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलव्धता रहेको निगमले जनाएको छ। 

आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको पनि निगमले जनाएको छ। आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएकोले पनि प्राधिकरणलाई पोखरा विमानस्थलको जिम्मा पनि आफूलाई दिन निगमले आग्रह गरेको जनाएको छ। 

निगमले १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। 

त्यस्तै निगमले प्राधिकरणका कारण १४ वटा उडान कटौती भएको र यसले आम्दानीमा संकुचन आउँदा अप्ठ्यारो परेको निगमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .