कारोबार


नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १५:२, काठमाडौँ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदूरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढीमा र मङ्सिर ९ गते डडेलधुरामा यो कार्यक्रम आयोजना गरिएको बताए।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए। कर्यक्रममा उत्कृष्ट ब्यबसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए। 

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .