एमसीए नेपालले एक वर्षमा ५७ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ।
विद्युत प्रसारण, सडक मर्मत र व्यवस्थापनको लागि नेपाल सरकार र एमसीसीले खर्च गरेका हुन्।
आर्थिक वर्ष २०७८/०७९ मा एमसीएले विद्युत् प्रसारण आयोजनामा नेपाल सरकारले ३ करोड ८० लाख खर्च गर्दा एमसीसीले ६ करोड १९ लाख रुपैयाँ खर्चगरी ९ करोड ९९ लाख खर्च भएको छ।
सडक मर्मत आयोजनामा नेपाल सरकारले १ करोड २६ लाख र एमसीसीले ६ करोड ९५ लाख रुपैयाँगरी ८ करोड २१ लाख खर्च भएको छ। एमसीएले सबैभन्दा बढी कार्यक्रम व्यवस्थापनमा खर्च गरेको छ। जसमा नेपाल सरकराले १४ कोडर ६५ लाख र एमसीसीले २४ करोड ४६ लाख खर्च गरेको एमसीए नेपालले उल्लेख गरेको छ।
अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारले १९ करोड ७२ लाख खर्च गर्दा एमसीसीले ३७ करोड ६० लाख खर्च गरेको छ।
विद्युत प्रसारणको लागि ठेक्का आह्वान गरिसकेको एमसीए नेपालले चालू खर्च बढी गरेको छ। ४१ करोड ४४ लाख चालू खर्च गर्दा पूँजीगत खर्च १५ करोड ८८ लाख रुपैयाँ रहेको छ।
Shares
प्रतिक्रिया