सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ।
परिसूचक नेप्से ४१.०१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार घटेको बजारमा ३ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ।
२५६ कम्पनीको ५७ हजार १२६ पटकको सेयर किनबेचमा उक्त कारोबार भएको हो।
यसअनुसार ९ वटा कम्पनीका लगानीकर्ताले कमाए पनि २०४ कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोरेका छन्।
आज लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले उल्लेख्य कमाउन सकेनन्।
गुमाउनेमध्ये युनाइटेड आईडीआई मार्दीका सेयरधनीले ७.१४ प्रतिशत गुमाएका छन्। यो नै आजको सर्वाधिक घाटा हो।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १७ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज बजार खुलेयता नै निरन्तर ओरालो लागेको थियो।
Shares
प्रतिक्रिया