कारोबार


यी हुन् संस्कृति, पर्यटन तथा नाागरिक उड्डयनमन्त्रीले अब गर्ने १० काम

यी हुन् संस्कृति, पर्यटन तथा नाागरिक उड्डयनमन्त्रीले अब गर्ने १० काम

नेपालखबर
फागुन १५, २०७९ सोमबार १७:२८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अब गर्ने १० कामको सूची सार्वजनिक गरेका छन्। 

पदबहालको ४२ दिनमा सुधार गरेका ५ बुँदे काम सार्वजानिक गर्दै उनले अब गर्ने १० कार्यहरुको सूची सार्वजनिक गरेका हुन्। 

मन्त्री किराँतीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ ३ महिने अभियान, नेपाल नागरिक उड्डयन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताएका छन्। 

त्यस्तै सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायात सञ्चालन गर्ने, ग्राउन्डेड जहाज छानबिन समिति गठन गर्ने तयारी रहेको बताए। 

हवाइ नागरिक उड्डयन विधेयक प्रक्रिया बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने १० बुँदामा समेटिएको छ। 

मन्त्री किराँतीले यस अगाडि ५ काम सम्पन्न भएको जानकारी दिए। 

अनलाइन टिकेटिङ, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाइ सुरक्षासम्बन्धी सबैमा काम गर्ने निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .