कारोबार


पर्यटक आवागमन बढ्न थाल्यो, फेब्रुअरीमा ७३ हजार पर्यटक भित्रिए

पर्यटक आवागमन बढ्न थाल्यो, फेब्रुअरीमा ७३ हजार पर्यटक भित्रिए

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:१८, काठमाडौँ

एकै महिना ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन्। गत फेब्रुअरीमा कोभिडपछिका सर्वाधिक पर्यटक भित्रिएका हुन्। 

२०२२ को फेब्रुअरीमा १९ हजार ७६६ र २०२१ को फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल भित्रिएका थिए। 

अध्यागमन विभागको तथ्यांकअनुसार कोभिड सुरु हुनुअघि २०२० को फेब्रुअरीमा ९८ हजार पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ। 

नेपालमा बढी पर्यटक भित्रिनेमा भारतीय नै सबैभन्दा बढी छन्। भारतीय १८ हजार ४०१, अमेरिकाबाट ७ हजार ८८७, थाइल्यान्डबाट ४ हजार ८०२, बेलायतबाट ४ हजार ३४५ पर्यटक नेपाल भित्रिएका छन्। 

त्यस्तै दक्षिण कोरियाबाट ३ हजार २४६, अस्ट्रेलियाबाट २ हजार ९६९, चाइनाबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन्। 

सार्क क्षेत्रबाट ३२.४ प्रतिशत, युरोपबाट १७.८ प्रतिशत, अमेरिकाबाट १२.६ प्रतिशत पर्यटक भित्रिएका छन्।  

२०२३ को जनवरीमा ५५ हजार पर्यटक मात्रै भित्रिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .