एभरेष्ट बैंकले एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना गरेको छ।
नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर÷सहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततिलाई उत्प्रेरणास्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोष स्थापना गरिएको बैंकले जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषबीच २५ लाखको ‘नेपाल प्रहरी–एभरेष्ट बैंक अक्षय कोष’को स्थापना गर्ने सम्बन्धको समझदारीपत्रमा बैंकले हस्ताक्षर गरेको हो।
उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेका हुन्।
सो कार्यक्रममा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति थियो।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर÷सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया