ad ad

कारोबार


लगानी बोर्डमा सूचीकृत आयोजनामा प्रधानमन्त्रीले देखाए चासो

लगानी बोर्डमा सूचीकृत आयोजनामा प्रधानमन्त्रीले देखाए चासो

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १८:१५, काठमाडौँ

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाएका छन्।

प्रधानमन्त्रीले  लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी  तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएको बोर्डले जनाएको छ। 

साथै उक्त बोर्डमै पुगेर प्रधानमन्त्रीले परियोजनाका विकासकर्ताहरूसँग समेत भेटघाट र अन्तक्र्रिया समेत गरेका छन्।  

बोर्डमा प्रधानमन्त्री,मुख्य सचिव लगायत लाई बोर्डको कार्यालयमा स्वागत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष जानकारी गराएका थिए। 

अन्तर्क्रियाका क्रममा अरुण तेस्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांग्दी (२ अर्धजलाशययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी(६ अर्ध(जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली(१ जलविद्युत परियोजना डाबर नेपाल, चीन(नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए। 

कार्यक्रमको अन्तमा प्रधानमन्त्री प्रचण्डले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने  कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .