कारोबार


अर्थविद् पोखरेलको चेतावनी : कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ

अर्थविद् पोखरेलको चेतावनी : कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ

नेपालखबर
चैत ६, २०७९ सोमबार १३:७, काठमाडौँ

अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता जनाएका छन्। 

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जनाएका हुन्। 

उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाइ छ। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् डाक्टर पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए।

नेताहरुमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दाबी उनले गरे।

‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ। हामी यस्तो दिनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ। हाम्रो चालु खर्च तलव, भत्ता, पेन्सन दिन पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ', उनले भने, 'हिजो साँझसम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो। अब कति ऋण लिएर चलाउने हो।’

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .