कारोबार


१ खर्ब १४ अर्ब वैदेशिक ऋण र २४ अर्ब अनुदानका लागि सम्झौता

१ खर्ब १४ अर्ब वैदेशिक ऋण र २४ अर्ब अनुदानका लागि सम्झौता

नेपालखबर
चैत ८, २०७९ बुधबार २०:४, काठमाडौँ

नेपाल सरकारले चालू आर्थिक वर्ष भरिमा १ खर्ब १४ अर्ब ऋण र २४ अर्ब ५६ करोड अनुदानका लागि सम्झौता गरेको छ। साउनदेखि हालसम्म कुल १ खर्ब ३८ अर्ब ५६ करोड वैदेशिक सहयोगको लागि सम्झौता गरेको हो। 

चालू आर्थिक वर्षमा १८ वटा आयोजना तथा कार्यक्रमको लागि सहयोग सम्झौता गरेको छ। मानव स्रोत विकास स्कलरसिप कार्यक्रमको लागि जाइकाले ३५ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ। 

सस्टेनेवल वास फरवाल कार्यक्रमको लागि इयुले १ अर्ब ३७ करोड सहयोग गरेको छ। 

यस्तै, स्विजरल्याण्डले साउन १८ गते १ अर्ब अनुदान दिने सहमति गरेको छ। विश्व बैंकले भदौ १३ गते १२ अर्ब ७५ करोड ऋण दिने बताएको थियो। 

विश्व बैंकले असोज २ गते फरक दुई कार्यक्रमको लागि ३४ अर्ब ९६ करोड रुपैयाँ र १७ अर्ब ७९ करोड रुपैयाँ ऋण सम्झौता गरेको अर्थ मन्त्रालयले जनाकारी दिएको छ। 

जाइकाले असोज ५ गते २ अर्ब अनुदान १४ अर्ब २० करोड ऋण दिने सम्झौता गरको छ। 

कोरियाले असोज ७ गते नेपाललाई फक दुई आयोजनाको लागि २ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने सम्झौता गरेको हो। 

कात्तिक २१ गते एशियाली विकास बैंकले फरक दुई आयोजनामा ७ अर्ब ७९ करोड ऋण  र २ अर्ब ४७ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता गरेको छ। 

कात्तिक २२ गते बेलायत सरकारले ५ अर्ब २६ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको छ। 

त्यस्तै इयुले कात्तिक २५ गते २ अर्ब रुपैयाँ अनुदान सहयोग दिने सहमति गरेको थियो। 

मंसिर १२ गते नर्वे सरकारले २ अर्ब ५७ करोड रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने सम्झौता गरेको छ। 

फिनल्याण्डले शिक्षा क्षेत्रमा २ अर्ब ५४ करोड रुपैयाँ अनुदान दिने भन्दै मंसिर १३ गते नेपाल सरकारसँग समझौता गरेको छ। 

एशियाली विकास बैंकले पनि शिक्षा क्षेत्रमा सहयोग गर्ने भन्दै २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण सम्झौता पुस १२ गते नेपालसरकासँग गरेको हो। 

सोही दिन एशियाली विकास बैंकले नै थप १अर्ब ५७ करोड रुपैयाँ सहयोग गर्ने भन्दै सम्झौता गरेको थियो। 

चैत २ गते बेलायत सरकारले नेपाललाई १ अर्ब ४४ करोड रुपैयाँ अनुदान  प्रदान गर्ने भन्दै सम्झौता गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .