कारोबार


अर्थको बजेट महाशाखामा धनीरामको ठाउँमा उत्तर खत्री

अर्थको बजेट महाशाखामा धनीरामको ठाउँमा उत्तर खत्री

सहसचिवद्वय धनीराम र उत्तर खत्री।


नेपालखबर
चैत २६, २०७९ आइतबार १८:२२, काठमाडौँ

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी उत्तर कुमार खत्रीले पाएका छन्। 

भर्खरै अर्थ मन्त्रालयमा सरुवा भएका खत्रीलाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। 

धनीराम शर्मालाई बजेट महाशाखाबाट हटाइएको छ। अर्थमन्त्री प्रकाशशरण महतले नयाँ टिम बनाउँदै छन्। जसअनुसार अर्थ मन्त्रालयमा नयाँ तीन सहसचिव भित्रिएका छन् भने २ जना बाहिरिएका छन्। 

खत्री भर्खरै अर्थ मन्त्रालय भित्रिएका हुन्। अर्थमन्त्री महतले बजेट लेखनको टिम समेत बनाइसकेका छन्। 

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ। 

अर्थमन्त्री डा. महतको चैत २४ को मन्त्रीस्तरीय निर्णयअनुसार बरालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो। 

समितिका संयोजकमा भुपाल बराल छन् भने सदस्यहरुमा सहसचिवहरु खत्रीसहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन्। यो समितिले बजेटको मस्यौदा तयार गर्नेछ। 

चैत १ देखि नै मन्त्रालयले नयाँ बजेटको तयारी थालेको थियो। आगामी जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, सोही दिन आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिएर बजेट वक्तव्यलाई अन्तिम रुप दिइने अर्थ मन्त्रालयको तयारी छ। 

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .