कारोबार


राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- लघुवित्तको संख्या २५-३० मा झार्नुपर्छ

राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- लघुवित्तको संख्या २५-३० मा झार्नुपर्छ

नेपालखबर
चैत २८, २०७९ मंगलबार १२:४८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती कुमार नेपालले लघुवित्तको संख्या २५-३० मा झार्नुपर्ने बताएका छन्।

माइक्रो फाइनान्स अफ नेपाल (एमफएएन)ले तत्कालीन लघुवित्तको समस्या विषयमा गरेको कार्यक्रममा नेपालले उक्त कुरा बताएका हुन्।

लघुवित्तको संख्या धेरै हुँदा उनीहरु ब्यालेन्स सिट बढाउनेतिर लागेको उनले बताए।

लघुवित्त संस्था कमर्सियल भएर अगाडि बढ्दा समस्या देखिएको उनको भनाइ छ। 

‘पछिल्लो समय लघुवित्त मर्ज भइरहेका छ्न्’, उनले भने, ‘यो वर्ष ५५ सम्ममा झर्नेछ्न्।’

उनले लघुवित्तलाई ग्राहकसँग धेरै सेवा शुल्क नलिन समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .