कारोबार


एनआईसी एसिया लघुवित्तको साढे २५ करोड बढी नगद लाभांश पारित

एनआईसी एसिया लघुवित्तको साढे २५ करोड बढी नगद लाभांश पारित

नेपालखबर
बैशाख १०, २०८० आइतबार ११:२२, काठमाडौँ

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा गरिएको छ।

सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको जनाएको छ।

साथै संस्थाको सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ। 

वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासिकको अन्त्यसम्म वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्तले सेवा प्रदान गरेको छ। स्थापना देखि हालसम्म ग्राहक संरक्षण कोषबाट संस्थाले ३ करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .