ad ad

कारोबार


बैंकको ब्याजदर महँगो हुँदा सावाँ नै तिर्दिनँ भन्नु उपयुक्त होइन : डेपुटी गभर्नर ढुंगाना

बैंकको ब्याजदर महँगो हुँदा सावाँ नै तिर्दिनँ भन्नु उपयुक्त होइन : डेपुटी गभर्नर ढुंगाना

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १६:७, काठमाडौँ

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले बैंकको ब्याजदर महँगो हुँदा सावाँ नै तिर्दिनँ भन्नु उपयुक्त नभएको बताएकी छिन्।  

नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहमा उनले अर्थतन्त्र चक्रमा ब्याजदर घट्दा लिएको कर्जा ब्याजदर महँगो भयो भन्दै  तिर्दिनँ भन्नु उपयुक्त नभएको बताएकी हुन्। 

उनले केन्द्रीय बैंकले लिएको नीतिले अर्थतन्त्रको १२ क्षेत्रमा सुधार हुँदै आएको बताइन्। 

‘कोभिडपछि अर्थतन्त्रमा देखिएको समस्या हेरेर केन्द्रीय बैंकले लिएको कसिलो नीतिले अर्थतन्त्रको १२ क्षेत्रमा सुधार हुँदै आएको छ’, उनले भनिन्, ‘पछिल्लो समय सुधार हुँदै जाँदा केही सहज अवस्था गरेका छौँ।’ 

सहज बन्दा आयात बढेर फेरि १२ क्षेत्रमा दबाब हुने कुरामा सहज हुनुपर्ने ढुंगानाले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .