नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीको सेयरमा हुँदै आएको चलखेल रोक्न समिति बनाएको छ। धितोपत्र बोर्ड सदस्य फणिन्द्र गौतमको संयोजकत्वमा समिति बनाइएको हो।
पछिल्लो समय हाइड्रोपावर कम्पनीको सेयरमा चलखेल हुदै गरेकाले लकिङ पिरियड सकिएका कम्पनीको सेयर संरचना बारे अध्ययन गर्न समिति बनाइएको बोर्डले जनाएको छ।
हाइड्रोपावर कम्पनीको सेयरमा हुँदै आएको यही बदमासी रोक्न बोर्डले समिति गठन गरेको हो। यो समितिले तीन महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने समयसीमा दिइएको बोर्डले जनाएको छ।
69
Shares
प्रतिक्रिया