ad ad

राजनीति


प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको अभियानमा काभ्रेली जनताको सधैं साथ हुन्छ  : सांसद दोङ

प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको अभियानमा काभ्रेली जनताको सधैं साथ हुन्छ  : सांसद दोङ

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १९:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानमा काभ्रेली जनताले डटेर साथ दिने प्रतिवद्धता जनाएका छन्। 

माओवादी केन्द्रीय सदस्य समेत रहेका सांसद दोङले मंगलबार काभ्रेको महाभारत गाउँपालिकामा  आयोजित विद्युत प्रशारण लाइन उद्घाटन तथा सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। 

सांसद दोङले पछिल्लो चरण प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचाविरुद्ध चालेको निर्मम कदमलाई काभ्रेली जनताले खुलेर स्वागत गरेको र जस्तोसुकै परिस्थिति सिर्जना भएपनि सुशासनको यस अभियानमा जनताको साथ रहने बताए।

‘प्रधानमन्त्री ज्यूको यो अभियानले सत्तापक्ष, प्रतिपक्ष वा आफ्नै दलभित्रका मानिसहरू पर्न सक्छन् तर आफ्नो/अरुको नभनी मजबुत ढंगले खुट्ट टेके जनताको विश्वास पुनः माओवादी तर्फ फर्किन्छन्,’ उनले भने, ‘यो अवसरलाई सदुपयोग गरौं।’

साथै, विगतमा डाँडापारीका धेरै भुगोलहरूमा माओवादीका छापामारह©ले परेड खेलेको र त्यस क्षेत्रका जनताले दिएको साथ सहयोगलाई आत्मसाथ गर्दै विशेषगरी महाभारत, खानीखोला, रोशी, तेमाल, चौरी देउराली, नमोबुद्ध लगायतका दुर्गम ठाउँहरूको विकासका लागि आफू सधैं लागिपर्ने बताए। 

‘पहिलो स्थानीय निर्वाचन ताका महाभारत र खानीखोलाको सबै ठाउमा हामीले हिडेरै भोट मागेका थिए तर आज सडक नपुगेको गाउँ छैन,’ उनले भने, ‘विद्युतको सुविधा पनि पाएको छ, अब सडक कालोपत्रेका लागि पनि काम धमाधम सुरु भएको छ। यसलाई विकास भएकै मान्नुपर्छ तर यति पर्याप्त छैन।’

कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा विसङ्गति, विकृति र भ्रष्टचारले विकराल रुप लिएको र भ्रष्टचारको अन्त्य नभए सम्म नेपाली जनताले सुख र समृद्धि देख्न नपाउने भन्दै भ्रष्टचार नियन्त्रणका लागि जनयुद्धमा जस्तैः जनताको साथ चाहिएको बताएका थिए।

साथै, उनले भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै साथ दिनका लागि जनतासमक्ष आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .