कारोबार


दुई बैंकसहित तीन कम्पनीले ब्रोकर लाइसेन्स नपाउने

पूर्णकार्य गर्ने ब्रोकरको सम्भावना न्यून
दुई बैंकसहित तीन कम्पनीले ब्रोकर लाइसेन्स नपाउने

फाइल तस्बिर


केशर बोगटी
बैशाख २८, २०८० बिहिबार १०:८, काठमाडौँ

नयाँ ब्रोकर लाइसेन्स माग गर्ने ४६ मध्ये तीन कम्पनीले नपाउने भएका छन्। 

पूर्ण कार्य गर्ने भन्दै लाइसेन्स माग गर्ने सेञ्चुरी सेक्युरिटीजसहित ३ कम्पनीले ब्रोकर लाइसेन्स नपाउने भएका हुन्। 

सेञ्चुरी सेक्युरिटीज, एनआईसी एशिया र थप कम्पनीले नयाँ ब्रोकर लाइसेन्स नपाउने बोर्डका एक अधिकारीले नेपालखबरलाई बताए। 

‘एनआईसी एशिया बैंकले दर्ता गरेको एनआइसी एशिया क्यापिटल खारेज भएको छ,’ ती अधिकारीले भने, ‘यता सेञ्चुरी सेक्युरिटीजले समेत आवेदन फिर्ता लिने देखिएको छ।’

‘थप एक कम्पनीले मापदण्डअनुसार कागजात पुर्‍याउन नसक्दा लाइसेन्स नपाउने देखिएको हो,’ ती अधिकारीले भने। 

२०८० वैशाख २८ गते नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया टुङ्ग्याउने अन्तिम दिन रहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए। 

‘हालसम्म धितोपत्र बोर्डले २९ कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरिसकेको छ,’ उनले भने, ‘थप बाँकी कम्पनीको कागजात हेरिरहेका छौं।’ 

कुन कम्पनीले ब्रोकर एलओआई पाउने-नपाउने टुंगो बिहीबारे लाग्नले उनले बताए। 

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्स आह्वान गरेपछि ४६ कम्पनीले आवेदन दिएका थिए। 

१ अर्ब ५० करोड चुक्ता पुँजी भएको एउटा स्टक डिलरसहित ६० करोड चुक्ता पुँजी भएको ४ वटा फुल ब्रोकर र २० करोड चुक्ता पुँजी भएको सीमित कार्य ब्रोकरका लागि ४१ कम्पनीले आवेदन दिएका थिए। 

जसमध्ये सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्यलाई ६० करोड रुपैयाँ र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ निर्धारण गरिएको छ।

नबिल सेक्युरिटिजलाई स्टक डिलरको लाइसेन्स? 
नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी अर्थात स्टक डिलर लाइसेन्सका लागि एलओई पाएको छ। स्टक डिरलको सञ्चालनका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। 

कुन ब्रोकरले के काम गर्न पाउँछन? 
सीमित र पूर्ण कार्य गर्ने गरी २ प्रकारका ब्रोकरले छुट्टाछुटै काम गर्न पाउनेछन। सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम् चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ । 

सम्बन्धित ग्राहकको नामबाट उनको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्ने ब्रोकरलाई सीमित कार्य गर्ने भनिएको छ । हाल सञ्चालित ५० ब्रोकरले यही कार्यक्षेत्रभित्र रहेर व्यवसाय गरिरहेका छन।

यस्तै, सम्बन्धित ग्राहकको नामबाट ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्ने, मार्जिन कारोबार, लगानी परामर्श सेवा, लगानी व्यवस्थापनसम्बन्धी काम र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने अधिकार पाएको ब्रोकरलाई पूर्ण कार्य गर्ने गरी तोकिएको छ ।

स्टक डिलर (आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने तथा धितोपत्र दलाल, धितोपत्र प्रत्याभूति र योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्ने) का लागि न्यूनतम १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । 

हाल सञ्चालित ५० ब्रोकर कम्पनीले २ वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्‍याउनुपर्ने पर्नेछ। तोकिएको न्यूनतम् चुक्ता पुँजी नपुग्ने ब्रोकरले लाइसेन्स खारेज हुने बोर्डले जनाएको छ।

कुनले पाए आशयपत्र? 
१. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी
२. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१७. सनराइज सेक्युरिटिज –सीमित कार्य गर्ने धितोपत्र दलाल
१८. जे.बी.एन.एल.सेक्युरिटिज–सीमित कार्य गर्ने धितोपत्र दलाल
१९. शेयरप्रो सेक्युरिटिज–सीमित कार्य गर्ने धितोपत्र दलाल
२०. स्टक्सकार्टस् सेक्युरिटिज–सीमित कार्य गर्ने धितोपत्र दलाल
२१. प्रोपर्टी विजार्ड –सीमित कार्य गर्ने धितोपत्र दलाल
२२. मिल्कीवे सेयर ब्रोकर कम्पनी–सीमित कार्य गर्ने धितोपत्र दलाल
२३. क्यापिटल हब प्रा.लि.– सीमित कार्य गर्ने धितोपत्र दलाल
२४. ब्लू चिप सेक्युरिटीज–सीमित कार्य गर्ने धितोपत्र दलाल
२५. गरिमा सेक्युरिटिज–सीमित कार्य गर्ने धितोपत्र दलाल
२६. कलश स्टक मार्केट –सीमित कार्य गर्ने धितोपत्र दलाल
२७. मनि वल्र्ड शेयर एक्सचेञ्ज –सीमित कार्य गर्ने धितोपत्र दलाल
२८. शुभकामना सेक्युरिटिज–सीमित कार्य गर्ने धितोपत्र दलाल
२९. मियो सेक्युरिटिज –सीमित कार्य गर्ने धितोपत्र दलाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .