सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।
बिहीबार गभर्नर महाप्रसाद अधिकारीले वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफलमा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन्।
पछिल्लो समय वाणिज्य बैंकहरुले सेवाग्राही समस्या सम्बोधन नभएको भन्दै उजुरी आउन थालेको थिए। गुनासो बढ्दै जादा राष्ट्र बैंकले बैंकहरुका सीईओलाई बोलाएर समस्या सम्बोधन गर्न भनेको छन्।
सबै वाणिज्य बैंकका सीईओसहितको छलफलमा राष्ट्र बैंकमा परेका गुनासाका विषयमा कुराकानी भएको एक वाणिज्य बैंकका सीईओले बताए।
उनका अनुसार हालै नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कूलरको बारेमा समेत छलफल भएको थियो।
60
Shares
प्रतिक्रिया