कञ्चनपुरमा लागुऔषध (खैरो हेरोइन)सहित दुई युवक पक्राउ परेका छन्।
बिहीबार भीमदत्त नगरपालिका–१८ सालघारीका कमलेश गिरी र सोही ठाउँका पंकज चन्द खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट २.९१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
शंका लागेर खानतलासी गर्दा गिरीको साथमा १.९७ ग्राम र चन्दको साथमा ०.९४ ग्राम खैरो हेरोइन भेटिएको थियो।
ती युवकको साथबाट ३२ हजार ६३५ रुपैयाँ नगद, ३ सेट मोबाइल र ३ थान पटाका समेत बरामद गरिएको थियो। प्रहरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
33
Shares
प्रतिक्रिया