ad ad

कारोबार


भौतिकमन्त्री भन्छन् : बजेट सिलिङ ५५ अर्ब घट्यो, विकासका नयाँ योजना राख्न दबाब नदिनू

भौतिकमन्त्री भन्छन् : बजेट सिलिङ ५५ अर्ब घट्यो, विकासका नयाँ योजना राख्न दबाब नदिनू

पत्रकाारसँगको संवादमा भौतिक मन्त्री प्रकाश ज्वाला। तस्बिर : बसन्त अर्याल


नेपालखबर
जेठ ३, २०८० बुधबार १८:१६, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अबको आर्थिक वर्षमा नयाँ योजनाहरु थप गर्ने पक्षमा नरहेको बताएका छन्। 

आफ्नो मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटको सिलिङ ५५ अर्ब घटेकाले नयाँ योजनाहरु थप गरेर अघि बढ्न सकिने अवस्थासमेत नरहेको उनको प्रष्टीकरण थियो। 

सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले मुलुक आर्थिक संकटमा रहेकाले पनि नयाँ योजना थप्न नसकिने तर्क गरे। 

आगामी आर्थिक वर्षमा नयाँ योजनामा नजाने तर पुरानै योजनालाई राम्रोसँग सम्पन्न गर्ने नीति रहेको मन्त्री ज्वालाले बताए। 

उनले योजना तय गर्ने विषयमा मन्त्री तथा सांसदहरुको दबाबमा आफू नपर्ने पनि बताए। 

‘सबै कुरामा हामी कडाईका साथ जान्छौँ। सबै जिम्मेवार हुनु पर्छ। मन्त्रीदेखि सबै जिम्मेवार बन्ने गरी नै हामी अगाडि बढछौँ। कहीँकतै कसैले पनि गल्ती, कमजोरी गर्‍यो भने छुट हुने अवसर हुँदैन। मन्त्रीहरुले, सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा परियोजनाहरु बढीभन्दा बढी घुसाउने होडबाजी हुन्थ्यो होला। मैले अर्थमन्त्रीजीलाई अहिले आर्थिक रुपमा पनि क्राइसिसमा छौँ। समस्या छ। बजेटको सिलिङ पनि घटेको छ। ५५ अर्ब त हाम्रो सिलिङ घटेको छ’, उनले भने, ‘त्यसैले नयाँ प्रोजेक्ट अगाडि बढाउन धेरै गाह्रो छ। घटेको सिलिङबाट नयाँ प्रोजेक्ट अगाडि बढाउनु भनेको पुरानालाई मार पार्नु हो। पुरानालाई राम्रोसँग अगाडि बढाउने गरी जाऊँ। नयाँ कुनै पनि मन्त्रालयको योजना  तर हामी नयाँ प्रोजेक्टमा धेरै नजाने गरी प्रयत्न गरेका छौँ। बजेट आएपछि त्यो पनि हेर्न पाउनु हुन्छ।’

त्यस अवसरमा मन्त्री ज्वालाले गलत काम गर्ने कर्मचारीहरुलाई आफूले नछोड्ने चेतावनी पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .