ad ad

कारोबार


बजार बढाउँदै विद्युतीय कार, चाँडै नेपाल भित्रिँदैछन् यी ब्रान्ड र मोडल

बजार बढाउँदै विद्युतीय कार, चाँडै नेपाल भित्रिँदैछन् यी ब्रान्ड र मोडल

फाइल तस्बिर


वसन्त अर्याल
असार ३, २०८० आइतबार १८:३६, काठमाडौँ

अटोमोटिभ बजारमा विद्युतीय गाडीको प्रतिस्पर्धा बढेको छ। अटो व्यवसायीबीच आईसको (पेट्रोल) तुलनामा विद्युतीय गाडीमा प्रतिस्पर्धा बढ्न थालेको हो। 

सरकारले बजेटबाट ५० देखि १०० किलोवाटका विद्युतीय गाडीमा कर बढाएसँगै महंगो हुने अनुमान थियो। 

तर कम्पनीले ५० हजारदेखि १ लाख रुपैयाँमात्रै कर बढाएका छन्। बीवाईडीले ब्याट्री क्षमता घटाएर सस्तोमा ल्याउँदै छ भने एमजी जेटएसले ५० हजार रुपैयाँ मात्रै बढाएको छ। 

टाटा मोटर्सले नेपालमा सस्तो टियागो भित्र्याउने तयारी गरेको छ। फ्रेन्च ब्रान्ड सिट्रोनले सी३ मोडल विद्युतीयमा ल्याउने तयारी गरेको छ। 
भेन्टेज लुक्समा ग्रेटवाल मोटर्सको ओरा ३ गाडीको बुकिङ खुल्ला गरिसकेको छ। 

१ वर्षअघि एमजीको जेटएस इभीले ठूलो बजार हिस्सा ओगट्दै आएको थियो। चालु आर्थिक वर्षमा टाटा मोटर्सको नेक्सन इभले आधा बढी हिस्सा ओगटेको छ। अब नयाँ ब्रान्ड र मोडल बजार प्रतिस्पर्धामा छन्।  

कुन कुन मोडल नेपाल भित्रिँदै?

टाटाको टियागो इभी 
सरकारले कर बढाउँदा अप्ठेरो परेको टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले हचब्याग विद्युतीय गाडी भित्र्याउँदै छ। 
नेपालमा सबैभन्दा बढी बिक्री हुने हचब्याग सेगमेन्टमा टियागो इभी ल्याउन लागिएको हो। 

टाटाले कर्मचारीलाई तालिम र गाडीको पूर्वाधार तयार गरेपछि साउन अन्तिमसम्म ल्याउने उल्लेख गरिएको छ। 

टाटा टियागो एक पटकको फुल चार्जमा ३१५ किलोमिटर कुद्छ। फास्ट चार्जरबाट १ घण्टामै फुल हुन्छ। 

गाडीमा २४ र १९.२ किलोवाट हावरको लिथियम आयान ब्याट्री छ। १९.२ किलोवाट आवरको ब्याट्रीले २५० किलोमिटर दिन्छ। 

गाडीमा १७.७८ सिएम टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ। भारतमा ७ वटा भेरियन्टमा उपलब्ध टियागोको मूल्य त्यहाँ ८ लाख ५० हजार भारु छ।  

एमजीको जेडएस डिलक्स 
पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेडएस इभी (डिलक्स) को प्री–बुकिङ खुल्ला गरेको छ। कम्पनीले ५० हजार रुपैयाँ बढाएर बुकिङ खुल्ला गरेको हो।

विद्युतीय गाडीमा भएको कर वृद्धिले पनि जेडएस इभी (डिलक्स) मोडलको गाडीको मूल्यमा खासै फरक परेको छैन। 

प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकले अझै पनि पुरानो मूल्य  ५२.४९ लाख तिर्नुपर्ने जनाएको छ।

नयाँ एमजी जेड एसइभी (डिलक्स) ९९ मोटर पिक पावरले सुसज्जित छ। जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ। 

५१ किलोवाट ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर प्रतिघण्टाको दायरा दिन्छ। जुन ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसमा ८ वर्ष ब्याट्री वारेन्टी छ।

 ग्रेटवाल मोटर्सको ओरा ०३
ग्रेटवाल मोटर्सले ओरा ०३ विद्युतीय गाडीको नेपालमा बुकिङ खुल्ला भएको छ। आधिकारिक विक्रेता भीजी इम्पेक्सले ४७ लाख ४९ हजार रुपैयाँ पर्ने गाडीको बुकिङ खुलाएको छ।  

यो गाडी एक पटकको चार्जमा ४०० किलेमिटरसम्म कुद्छ। ग्लोबल एनक्याप सेफ्टीमा यसले ५ स्टार रेटिङ पाएको छ। 

गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ३६० डिग्रीको क्यामेरा छ। गाडीको मोटर पावर ९९ किलोवाट छ। यसले २१० एनएम टर्क जेनेरेट गर्छ। 

सिट्रोनको सी थ्री
फ्रेन्च ब्रान्ड सिट्रोन सी ३ विद्युतीय गाडीको बुकिङ खुल्ला गरेको छ। जेठ २२ गते वातावरण दिवसमा ई–सी३ विद्युतीय मोडलको बुकिङ खुलाएको हो। 

कम्पनीले गाडीको सुरुवाती मुल्य ३२.९९ लाख रुपैयाँ तोकेको छ। यो गाडी एक पटकको चार्जमा ३२० किलोमिटरसम्म कुद्छ।  

हाल पेट्रोल इन्जिनमा उपलब्ध सि३ कै प्ल्याटफर्ममा गाडी उत्पादन हुने छ। पेट्रोलियम इन्धनबाट चल्ने सी ३ को बिक्री ५.५ मिलियन विक्री भइसकेको छ।

सन् १९९३ मा सी ३ मोडल विश्व बजारमा आएको थियो। कम्पनीले विद्युतीय सी ३ अक्टोबरमा सार्वजनिक गर्ने उल्लेख गरेको छ। 

महिन्द्राको एक्सयुभी ४०० 
भारतमा गत जनवरीमा सार्वजनिक भएको विद्युतीय एसक्सयुभी ४०० अग्नि ग्रुपले नेपालमा ल्याउने तयारी गरेको छ। यसमा ३४.५ किलोवाट आवर ब्याट्री क्षमता छ। यो गाडी एक पटकको चार्जमा ३७५ किलोमिटरसम्म कुद्छ। 

फास्ट चार्जरबाट ५० मिनेटमा हुने कम्पनीले जनाएको छ। ३९.४ किलोवाट आवरको ब्याट्रीमा ४५६ किलोमिटर कुद्छ। एसक्सयुभी ४०० ले ३१० एनएम टर्क जेनेरेट गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .