ad ad

कारोबार


नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

नेपालखबर
असार ५, २०८० मंगलबार १९:३७, काठमाडौँ

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ।

बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन्।

उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ।

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .