ad ad

कारोबार


हिमालयन जाभाले भन्यो- फ्रेन्चाइज अख्तियारी कम्पनीसँग मात्रै छ, मास्टर फ्रेन्चाइज समेत कसैलाई दिएका छैनौँ

हिमालयन जाभाले भन्यो- फ्रेन्चाइज अख्तियारी कम्पनीसँग मात्रै  छ, मास्टर फ्रेन्चाइज समेत कसैलाई दिएका छैनौँ

नेपालखबर
असोज ७, २०८१ सोमबार १६:४३, काठमाडौँ

हिमालयन जाभा कफि प्रालिले आफ्नो नाम अनधिकृत रुपमा प्रयोग भएको गुनासो गरेको छ।  

एक सार्वजनिक सूचना प्रकाशित गर्दै कम्पनीले जाभाको फ्रेन्चाइज अख्तियारी आफूमा मात्र रहेको र मास्टर फ्रेन्चाइज समेत कसैलाई नदिएको स्पष्ट पारेको हो। 

हाल अनधिकृत व्यक्तिले यस कम्पनीको फ्रेन्चाइज र मास्टर फ्रेन्चाइज अख्तियारी समेत आफूसँग रहेको जनाई विभिन्न व्यक्तिहरु समेतलाई दिग्भ्रमित गरी कम्पनीको गुणस्तरीय सेवामाथि आँच पुर्‍याउने बदनियत साथ अनधिकृत तवरबाट व्यक्तिगत स्वार्थ पूरा गर्न गैरकानुनी क्रियाकलाप भइरहेको जानकारी प्राप्त हुन आएको कम्पनीले जनाएको छ। 

सोसँगै हिमालयन जाभाले यसो नगर्न नगराउन साथै अनधिकृत तवरबाट कम्पनीको नाम तथा ट्रेडमार्क प्रयोग भएको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही हुन पहल हुने कम्पनीले जनाएको छ। 

ग्राहकलाई यसमा भ्रममा नपर्न समेत कम्पनीले आग्रह गरेको छ। 

तर कम्पनीले कसले अनधिकृत रुपमा जाभाको नाम दुरुपयोग गरेको भन्ने सूचनामा खुलाएको छैन। कम्पनीले लामो समयदेखि स्वदेशी तथा विदेशी पर्यटक समेतलाई गुणस्तरीय सेवा पुर्‍याइरहेको कम्पनीले जनाएको छ। 

कम्पनी विधिवत् रुपमा सम्बन्धित निकायहरुमा दर्ता भई प्रालिको ट्रेडमार्क समेत लिएर उद्देश्यअनुसार काम गरिरहेको हिमालयन जाभाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .