कारोबार


कोभिडअघिकै अवस्थामा फर्कियो पर्यटक आगमन

कोभिडअघिकै अवस्थामा फर्कियो पर्यटक आगमन

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १५:६, काठमाडौँ

पर्यटक आगमन करिब पुरानै अवस्थामा फर्किएको छ। कोभिड माहामारी अघिकै अवस्थामा पर्यटक आउन लागेको तथ्यांकले देखाएको छ।

जुन महिनामा ९६.४८ प्रतिशत अर्थात् ७२ हजार २५० पर्यटक भित्रिएका छन्। माहामारीअघि सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक भित्रिएका छन्। 

माहामारीको बीचमा २०२० मा १०२ जना, २०२१ मा १ हजार १८७, २०२२ मा ४६ हजार ९५७ र २०२३ मा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछानेले जानकारी दिए। 

सबैभन्दा बढी पर्यटक भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बंगलादेशबाट २ हजार ४०२ पर्यटक नेपाल भित्रिएका छन्। 

त्यस्तै, बेलायतबा १ हजार ९९२, अष्ट्रिेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ०७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ जना पर्यटक उडान मार्फत नेपाल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .