ad ad

कारोबार


बैंकहरूमा अधिक तरलता भएपछि २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकहरूमा अधिक तरलता भएपछि २० अर्ब खिच्दै राष्ट्र बैंक

नेपालखबर
असार १९, २०८० मंगलबार १०:४८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपो जारी गर्ने भएको छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज (असार १९ गते) २० अर्बको रिजर्भ रिपो जारी गर्न लागेको हो। 

तरलता व्यवस्थापनका अधिक तरलता बजारबाट प्रशोचन गर्न राष्ट्र बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार २९ गतेलाई तोकिएको छ। 

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। 

रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ। 

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .