कारोबार


अर्थमन्त्री महतको बजेट कार्यान्वयन सुरु, लागु हुँदै यी नयाँ व्यवस्था

अर्थमन्त्री महतको बजेट कार्यान्वयन सुरु, लागु हुँदै यी नयाँ व्यवस्था

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १२:२१, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट आज (साउन १ गते) देखि कार्यन्वनयमा गएको छ।

भन्सार बिन्दुमा उठाउने कर जेठ १६ गतेदेखि कार्यन्वयनमा आएको छ। अन्य सबै व्यवस्थाहरु नयाँ आर्थिक वर्षको पहिलो दिन आजदेखि कार्यन्वयनमा जाँदै छ।  

आन्तरिकतर्फ लगाइएका नयाँ शीर्षकका कर, संशोधित कर व्यवस्थाहरु र बजेट कार्यक्रमहरुको कार्यान्वयन सुरु भएको हो। 

चालु आर्थिक वर्षका लागि डा. महतले ल्याएको बजेसँग सम्बन्धित विधयेकहरु संसद्ले पास गरेर राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणिकरण गरिसकेका छन्। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयकका व्यवस्था लागु हुँदै छन्। 

आर्थिक आर्थिक ऐनमा करका दररेट समावेश गरिएको छ। त्यसमा समावेश आयकरको संशोधित व्यवस्था लागु हुँदै छ। 

सरकारले ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशतसम्म आयकर लिने व्यवस्था गरेको छ। उक्त व्यवस्था आजदेखिको कमाईमा सुरु हुने छ। 

त्यसैगरी करको दायरा फराकिलो बनाउने क्रममा नयाँ ३ शीर्षकमा तोकिएको छ।

जुन व्यवस्थासमेत लागु हुँदै छ। विलाशी भन्दै सरकारले होटल, रिसोर्टहरुमा प्रदान गर्ने सेवामा २ प्रतिशत कर लगाएको छ। 

बहुमूल्य धातुमा पनि २ प्रतिशतका दरले विलाशी कर लगाएको छ। १० लाखभन्दा बढीको बहुमूल्य धातुमा २ प्रतिशतको विलाशी शुल्क लगाइएको छ। 

ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क आजैदेखि कार्यन्वयनमा आएको छ। 

यी लगायत विगतका करहरुसमेत थपघट भएका छन्, जुन व्यवस्था पनि कार्यन्वयनमा गएका छन्। 

चालु आर्थिक वर्षका लागि अर्थमन्त्री महतले जेठ १५ मा १७ अर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। 

महतको बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ६५ दशमलव २० प्रतिशत रकम विनियोजन गरिएको छ। 

त्यस्तै पुँजीगततर्फ १७ दशमलव २५ प्रतिशत अर्थात् ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो रकम कुल विनियोजनको १७ दशमलव ५५ प्रतिशत हो।

स्रोतको कुरा गर्दा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको स्रोत बेहोर्न राजस्व परिचालनबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ छ। 

वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुने भएको छ।

उक्त कमी पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ जुटाइने तर २ खर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने उल्लेख छ। 

गत आर्थिक वर्षको बजेट घाटामा गएको छ। सरकारले राजश्व लक्ष्य ६८ प्रतिशत मात्रै पुर्‍याएको छ। 

ऋण र अनुदान बाहेकको आम्दानी १० खर्ब ५ अर्ब रुपैयाँ मात्रै पुगेको छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटभन्दा ५ खर्ब रुपैयाँ बजेट घाटा पुगेको हो। १७ खर्ब ९३ अर्बको कुल बजेट गत वर्ष सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .