ad ad

कारोबार


मायादेवी मन्दिर पुनः निर्माणका लागि ल्यारकाल लामाले ७ करोड दान दिने

मायादेवी मन्दिर पुनः निर्माणका लागि ल्यारकाल लामाले ७ करोड दान दिने

नेपालखबर
साउन २६, २०८० शुक्रबार १८:१७, काठमाडौँ

लुम्बिनी विकास कोषका नव नियुक्त उपाध्यक्ष ल्यारक्याल लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्वार गर्न सहयोग गर्ने बताएका हुन्। 

लुम्बिनी विकास कोषका आयोजना प्रमुख सजोज भट्टराईले उपाध्यक्ष लामाले मायदेवी मन्त्रीको पुन निर्माणकोलागि सिड मनीको रुपमा ७ करोड रुपैयाँ दान दिने प्रतिवद्धता जनाएको बताए।

उपाध्यक्ष लामाले नै मन्दिर पुनः निर्माणको प्रस्ताव बैठकमा गरेका थिए। 

भट्टराईले बुद्धमार्गी, पुरातत्व विभागसंगको सहमतिपछि पुनः निर्माणको काम अघि बढ्ने बताए।

‘मायादेवी मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नकालागि आगामी कार्यकारिणी समिति वा परिषद्को वैठकमा नेपाल सरकारको सहयोग विना दाताहरुको सहयमोगमा जीर्णेद्धार गर्ने प्रस्ताव गरी गरी पेश गर्ने,’ निर्णय भएको छ। 

प्रस्ताव स्वीकृत भएपश्चात शुरुवाती कोष सथापनाकोलागि लामाले ७ करोड आर्थिक सहयोग उपलब्ध हुने प्रतिवद्धता जनाएको छ। 

त्यस्तै लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामाी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .