ad ad

कारोबार


एनसेलले आफ्नो एपमा ‘ईपीएल लिग’ प्रतियोगिता गराउने

एनसेलले आफ्नो एपमा ‘ईपीएल लिग’ प्रतियोगिता गराउने

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १२:४९, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ। 

यस प्रतियोगितामा सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीनजनाले मुख्य पुरस्कार जित्ने मौका पाउँछन्। 

सहभागी एनसेल एप प्रयोगकर्ताले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन्। 

प्रतियोगितामा भाग लिन प्रयोगकर्ताले एपमा लगइन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरण भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन्। 

ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ। जसबाट १० अंक संकलन गर्न सकिन्छ। सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ। 

मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछ। 

दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ। 

त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछ।

विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ। यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ। 

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगीलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कार प्रदान गरिनेछ। 

साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेतालाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ। 

यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहन्छ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ। 

पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ। 
प्रतियोगितामा सहभागीहरुले विजयी टोलि मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्छन्। 

यस प्रेडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षमाथिका ग्राहकहरू मात्र भाग लिन योग्य छन्। 

ईपीएल खेलहरुको पुर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .