ad ad

कारोबार


नेपाली सेनाका निर्माणाधीन आयोजनाको मन्त्री ज्वालाले अनुगमन गर्ने

नेपाली सेनाका निर्माणाधीन आयोजनाको मन्त्री ज्वालाले अनुगमन गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १४:४५, काठमाडौँ

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्ने भएका छन्। 

लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले ५ आयोजनामा निर्माण गरिरहेको छ। 

नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेको बताएका छन्। 

काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम  नभएको मन्त्री ज्वालाले बताएका छन्। 

‘मन्त्रीले १८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय गर्नुभएको छ’, मन्त्रीका निजी सचिव रामहरि शर्माले भने, ‘छलफलपछि मन्त्री आफैँ स्थलगत भ्रमणमा पनि जाने कार्यक्रम तय भएको छ।’

नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ। यी सबै ठाउँको स्थलगत अध्ययन गर्न लागिएको हो। 

काठमाडौं-तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डीपीआर संशोधन भएको छ।

डीपीआर संशोधनपछि लागत मूल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिँदा बाटोको लम्बाई पनि कम भएको छ। 

मन्त्री ज्वालाले सडक विभागअन्तर्गत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागु गरेका छन्।

तर नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन। तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .