कारोबार


फाष्ट ट्रयाकका तीन प्याकेजको ठेक्का लाग्यो, ठूला चिनियाँ कम्पनीले भाग लिएनन्

फाष्ट ट्रयाकका तीन प्याकेजको ठेक्का लाग्यो, ठूला चिनियाँ कम्पनीले भाग लिएनन्

फाइल तस्बिर


दीपक भट्ट
भदौ १४, २०८० बिहिबार १७:१५, काठमाडौँ

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं तराई मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को थप तीन प्याकेजको सहायक ठेक्का लागेको छ। 

थप तीन प्याकेजको टेन्डर खोलेर निर्माण कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको हो। ८ ए, ९ ए र ९ बी प्याकेजको बुधबार टेन्डर खोलिएको उक्त आयोजनाले जानाकारी दिएको छ। 

आयोजनाका अनुसार यी तीन प्याकेजको पहिलो पटकको रद्द गरेर पुन टेन्डर गरिएको थियो। उक्त प्याकेजको अन्तिम म्याद ३० अगस्त १२ बजेसम्म थियो, तर २ बजे बोलपत्र खोलिएको हो।

सुरुमा ८ र ९ एउटै प्याकेज मात्रै थियो। तर यसलाई पछि ८ र ९ मा विभाजन गरिएको  हो। बुधबार टेन्डर खोलिएको प्याकेजमा चिनियाँ कम्पनीको सहभागिता निकै कम देखिएको छ।

यसपाली यो टेन्डरमा फाष्ट ट्रयाकमा काम गर्ने कुनै पनि चिनियाँ कम्पनी सहभागी भएनन्। अहिले फाष्ट ट्रयाकमा काम गर्ने धेरै कम्पनी चिनियाँ छन्। तर उनीहरु यसपाली सहभागी भएनन्।

अहिलेको टेन्डरमा भारतीय र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीहरु मात्रै सहभागी भए।

टेन्डरमा पाँचवटा चिनियाँ र चारवटा भारतीय कम्पनी सहभागी भए। ती चिनियाँ कम्पनी भने साना रहेका छन्। यसअघिदेखि नै फाष्ट ट्रयाकमै काम गरिरहेका चिनियाँ कम्पनीहरु सहभागी नभएको कम्पनीको विवरणले देखाएको छ। 

यसको ठेक्कामा सहभागी हुने भारतीय कम्पनीहरु पहिले थोरै हुन्थे। तर अहिले उल्लेख्य सहभागिता रहेको देखिएको छ।

काम गरिरहेका ठूला चिनियाँ कम्पनी यो टेन्डरमा सहभागी नहुनु र भारतीय कम्पनीहरू आउनुले यसपाली भारतीय कम्पनीले ठेक्का पाउने सम्भावना बढेको छ। 

टेन्डरमा सहभागी हुने कूल कम्पनीहरुको संख्या ९ रहेको छ। अब ८ बी र १० प्योको टेन्डर खुल्न बाँकी छ। यसका लागि अक्टोबर १ को मिति तोकिएको छ। 

यो  खुलेसँगै फाष्ट ट्रयाको सबै ठेक्का पुरा हुनेछ। फाष्ट ट्रयाक यही आर्थिक वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ। नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना  हो।

संघीय राजधानी काठमाडौंबाट तराई-मधेससँग सबैभन्दा छोटो दूरीबाट जोड्ने यस सडक आयोजना ४ लेनको हुनेछ। यसको दूरी ७२ दशमलव ५ किलोमिटर छ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्माण हुने गरी नेपाल सरकारले २०७४ वैशाख २१ गतेको निर्णयबाट यो आयोजना नेपाली सेनालाई दिएको थियो। यसको लागत अनुमान २ खर्ब १३ अर्ब ९५ करोड छ। 

यस आयोजना अन्तर्गत ८७ वटा पुल रहनेछन्। यी पुलहरुको कुल लम्बाई नै १० किलोमिटरभन्दा बढी रहनेछ। सुरुङमार्ग तीन वटा रहनेछन्। सुरुङको कुल लम्बाइ ६ दशमलव ४१ किलोमिटर रहनेछ। 

यो सडकखण्ड १ घण्टा २ मिनेटमा पार गर्न सकिने बताइएको छ। आयोजना सम्पन्न भएपछि राजधानीबाट १ घण्टामै तराई पुग्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .