ad ad

कारोबार


ग्यासको मूल्य : भारतमा २ सयले घट्यो, नेपालमा २३५ रुपैयाँले बढ्यो

ग्यासको मूल्य : भारतमा २ सयले घट्यो, नेपालमा २३५ रुपैयाँले बढ्यो

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार ११:२९, काठमाडौँ

भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ।

बुधबारको मन्त्रिपरिषद्को बैठकले रक्षाबन्धन पर्वलाई मध्यनजर गरी उक्त निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपैयाँ (करिब ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ।

यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ।

यता नेपालमा भने स्वचालित मूल्य प्रणाली भन्दै आयल निगमले २३५ रुपैयाँले खाना पकाउने ग्यासको मूल्य बढाएको छ।

निगमले बिहीबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २३५ रुपैयाँ वृद्धि गरेको हो। निगमले बिहीबार प्राप्त मूल्य सूचीअनुसार नै बृद्धि गरिएको जनाएको छ। 

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ। यसअघि ग्यास सिलिन्डरको मूल्य १ हजार ६६० थियो।

यस्तै निगमले पेट्रोलियम पदार्थको भाउ पनि बढाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो। वृद्धि भएको मूल्य लागु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .