कारोबार


चौधरी, विशाल र एमएडब्लु ग्रुपबीच विद्युतीय भ्यानमा प्रतिस्पर्धा

चौधरी, विशाल र एमएडब्लु ग्रुपबीच विद्युतीय भ्यानमा प्रतिस्पर्धा

नाडा अटो शोमा राखिएको विद्युतीय यात्रु भ्यान। तस्बिर : सरोज बैजु


सरोज बैजु
भदौ २७, २०८० बुधबार १९:२७, काठमाडौँ

तीनवटा व्यापारिक घरानाले विद्युतीय भ्यानमा प्रतिस्पर्धी देखिएका छन्। चौधरी ग्रुप, विशाल ग्रुप र एमएडब्लु ग्रुपबीच प्रतिस्पर्धी देखिएका हुन्। 

नाडा अटो शोमा ३ वटा ग्रुपले एकै रेञ्जका ३ वटा भ्यान प्रदर्शनीमा राखेका छन्। बजारमा विद्युतीय भ्यान बिक्री गरिरहेको दिगो ग्रुपले भने नाडा अटो शोमा सहभागिता जनाएको छैन। 

चौधरी ग्रुपले सबैभन्द बढी मोडल प्रदर्शनीमा राखेको छ। ग्रुप अन्तरगतको सिजी मोटर्सले २ वटा ब्रान्डका विद्युतीय भ्यान प्रदर्शनीमा राखेको छ। केवाईसीको ११ सिटे भ्यान र किङलङको १४ सिटे र १९ सिटे गाडी सार्वजनिक गरेका हुन्। 

सिजी मोटर्सका अनुसार १४ सिटे गाडीको मुल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ भने १९ सिटे गाडीको मुल्य ८३ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

किङलङको भ्यानको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने ३०० किमी रेञ्ज दिने कम्पनीले जनाएको छ। 

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले ११ सिटे भ्यान राखेको छ। फोटन भ्यानको मुल्य ५६ लाख रुपैयाँ तोकिएको छ।

नाडा अटो शोमा विशेष छुटगरी ५४ लाख ५० हजार रुपैयाँमा उपलब्ध गराएको एमएडब्लुले जानकारी दिएको छ। 

८५ किलोवाटको मोटर रहेको गाडीले २९० एनएम टर्क जेनेरेट गर्छ। भ्यानमा ५०.२३ किलोवाट आवर ब्याट्रि रहेको छ। फास्ट चार्जबाट साढे १ घण्टामा फुल हुन्छ। अधिकतम गति १०० किमी प्रतिघण्टा रहेको छ। 

एबीएस/ईबीडी एन्टी लक ब्रेकिङ सिस्टम इलेक्ट्रोनिक ब्रेक सिस्टम छ। एक पटकको फुलचार्ज २३५ किमी गुड्ने कम्पनीले जनाएको छ। 

विशाल ग्रुप अन्तरगर्तको पुजा कन्स्ट्रक्सन नेपालले ११ सिटे विद्युतीय गाडी पर्दशनीमा राखेको छ। एकपटकको चार्जमा अधिकतम रेञ्ज ३०० किमी, ६० किलोवाटको मोटरले २२० एनएम टर्क जेनेरेट गर्छ।

ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको कम्पनीले जनाएको छ । गाडीको मुल्य ४४ लाख ५० हजार तोकेको छ।

त्यस्तै नाडा अटो शोमा फोर्स मोटर्स पेट्रोल इन्जिनको उर्बानिया भ्यान पनि प्रदर्शनीमा राखेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .