ad ad

कारोबार


एनएमबी बैंकको ‘डिजी स्टेसन’ सञ्चालनमा

एनएमबी बैंकको ‘डिजी स्टेसन’ सञ्चालनमा

नेपालखबर
असोज २, २०८० मंगलबार १२:५९, काठमाडौँ

एनएमबी बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजी’ स्टेसन’ को सुरुवात गरेको छ।

‘डिजी स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायताबिना गर्न सकिनेछ।

‘डिजी’ स्टेसन’ को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने  बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ। एनएमबी बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको तथा आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित रहेको जनाएको छ।

बैंकले प्रथम चरणको डीजी स्टेसनको शुरुवात एनएमबी भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि सञ्चालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैं खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

साथै, चेक डिपोजिट मेसिनमा ग्राहकले चेकस्टपदेखि नयाँ चेकको आवेदन र क्लियरिङ चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजी स्टेसनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहकका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचालित ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबी ल्याएको बैंकले जनाएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .