कारोबार


त्रैमासिक खर्चमा सीमाभन्दा तलमाथि नगर्न अर्थको निर्देशन

त्रैमासिक खर्चमा सीमाभन्दा तलमाथि नगर्न अर्थको निर्देशन

दीपक भट्ट
असोज ११, २०८० बिहिबार १६:४८, काठमाडौँ

त्रैमासिक खर्च प्रणालीमा सीमाभन्दा तलमाथि नगर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ। 

अर्थमन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयमाफर्त कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई निर्देशन जारी गरेको हो। 

बजेट महाशाखा प्रमुखले उत्तरकुमार खत्रिले नै जारी गरेको पत्रले त्रैमासिक खर्च प्रणालीमा सीमाभित्र रहेर मात्रै भुक्तानी गर्न भनिएको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम महिना चलिरहेको छ। जसअनुसार अर्थमन्त्रालयले बजेट कार्यान्वयनबारे महालेखा नियन्त्रकको कार्यालयले पत्र लेखेको छ। 

जसमा भनिएको छ, ‘यसअघि त्रैमासिक विभाजनमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तानी हुने गरेको बुझिएकोले सीमाभित्र रही भुक्तानी दिन अनुरोध छ।’ 

सीमाभन्दा बाहिर गएर भुक्तानी गर्दा संघीय सरकारलाई नगद व्यवस्थापन गर्नसमेत चाप पर्ने मन्त्रालयले उल्लेख गरेको छ। 

‘एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभागमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तनी हुने गरेको बुझिएकाले उक्र विषय कानुनविपरीत हो। नगद व्यवस्थापनमासमेत समस्या हुने भएकाले सीमाभित्र रहेर मात्रै भुक्तानी दिनुहुन अनुरोध छ’, उनले भने।

सीमाभित्र बजेट भुक्तानी गर्नेबारेमा अर्थमन्त्रालयले यही असोज ५ गते निर्णयसमेत गरिसकेर परिपत्र गरेको हो। 

आर्थिक कार्यविधि तथा उत्तर दायित्व नियमावली २०७७ को दफा २८ मा संघीय विनियोजन ऐन बमोजिम विनियोजित मन्त्रालयत बजेट सूचना प्रणाली (एआईएमबीआईएस) मा  प्रविष्ट रकम खर्च गर्ने अख्तियारी स्वतः अधिकार प्राप्त अधिकारीलाई हुने व्यवस्था छ। 

बजेटको प्रभावकारी कार्यान्वयन र नगद व्यवस्थापनका लागि त्रैमासिक बजेट बाँडफाँटसमेत भएको अर्थमन्त्रालयले जनाएको छ। 

स्वीकृत वर्षिक कार्यक्रमको त्रैमासिक विभाजन बमोजिम मासिक खर्च अनुमानको विवरण तयार हुने गर्छ।

मन्त्रालयत बजेट सूचना प्रणाली, एकल खाता कोष प्रणाली, कम्प्युटरकृत सरकारी लेखा प्रणालीबीच अन्तर आवद्धता भइसकेको मन्त्रालयले जनाएको छ।

यसलाई आधार मानेर  मन्त्रालयत बजेट सूचना प्रणालीमा भएको कार्यक्रमको एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभाजनमा उल्लेखित रकमभन्दा फरक नपार्न मन्त्रालयले  महालेखा नियन्त्रकको कार्यालयलाई भनेको हो। 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार अर्थमन्त्रालयको पत्र बमोजिम कोष तथा लेखा नियन्त्रकको कार्यालयहरुलाई निर्देशन पनि पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .