कारोबार


यात्रुको पैसा चोरेर भागेका व्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा

यात्रुको पैसा चोरेर भागेका व्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालखबर
असोज १५, २०८० सोमबार १५:५३, काठमाडौँ

नवलपरासीमा बस यात्रुको रकम चोरी फरार भएका एक भारतीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

भारत घर बताउने २८ वर्षीय ईरशाद अलीलाई पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका १० पितौजीबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

आइतबार साँझ बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३ वर्षीय मधु परियारको नगद ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए।

गैँडाकोटको कोटिहोम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरु ओर्लने क्रममा अली सो रकम चोरी जंगलतर्फ फरार भएका थिए।

उक्त रकम हराएको भनि पितौजीस्थित सशस्त्र प्रहरी बलको हाईवे सुरक्षा चेकपोष्टलाई जानकारी गराए पश्चात पूर्व–पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैँडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए।

नियन्त्रणमा लिएका अलीलाई उक्त नगदसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी बेल्डियामा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .