ad ad

कारोबार


निर्माण व्यवसायीको माग– सरकारले ६ अर्ब भुक्तानी गरेन, चेक बाउन्समा पक्राउ नगर्नू

निर्माण व्यवसायीको माग– सरकारले ६ अर्ब भुक्तानी गरेन, चेक बाउन्समा पक्राउ नगर्नू

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १६:४, काठमाडौँ

सरकारले निर्माण व्यवसायीहरूलाई दसैँअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने भनेपनि अहिलेसम्म भुक्तानी नगरेको निर्माण व्यवसायीहरूले बताएका छन्।

सरकारले निर्माण व्यवसायीहरूसँग १५–१५ दिनमा व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी गर्ने सम्झौता भएपनि कार्यान्वयन नगरेको व्यवसायीहरूले बताएका छन्।

सरकारले दसैँअघिनै ६ अर्ब रुपैया भुक्तानी गर्ने भनेर प्रचार गरेपनि कार्यान्वयन नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए। उनले सरकारले बोलपत्र आह्वान गरेर व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नुपर्ने बिडम्बना रहेको बताए। 

उनले सरकारले व्यवसायीहरूसँग भएका सम्झौता समयमा नै कार्यान्वयन गर्न आवश्यक रहेको बताए। उनले सरकारले निर्माण व्यवसायीहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा व्यवसायीहरू आर्थिक अभावमा समस्यामा परेको उल्लेख गरे। 

उनले सरकारले व्यवसायीहरुको भुक्तानी गर्न नसक्ने अवस्था भए स्पष्ट रुपमा व्यवसायीहरूलाई भन्नुपर्ने पनि बताए। निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी राखेर निर्माण समग्री किन्दा बैंक ग्यारेन्टी जफत हुन थालेको उल्लेख गरे। 

उनले सरकारले सरकारले भुक्तानी नदिएको बैंकको चेक रकम नहुँदा सरकारले नै व्यवसायीहरूलाई जेल हाल्ने सम्मका काम गरेको भन्दै यस्तो कार्य रोक्न माग गरे। उनले सरकारले भुक्तानी दिन नसके पनि बैंक ग्यारेन्टी जफत र चेक बाउन्समा व्यवसायीहरुलाई पक्राउ गर्ने काम रोक्न माग गरे। 

उनले सरकारले निर्माण व्यवसायीहरुले निर्माण सामाग्री खरिद गर्न दिएका चेकहरू रोक्नको लागि राष्ट्र बैंकसँग समन्वय गर्न सरकारसँग माग गरे। उनले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको निर्माण व्यवसायीहरू पुनः सडक आन्दोलनमा आउनुपर्ने वातावरण नबनाउन चेतावनी दिए।

सरकारले निर्माण व्यवसायीलाई  ५० अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्ने भनेपनि अहिलेसम्म बेवास्था गरको छ। दसैँअघि व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने अर्थ मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .