ad ad

समाज


म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकमा सवार २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकमा सवार २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
असोज ३, २०८१ बिहिबार १२:३४, काठमाडौँ

काठमाडौँको म्हैपीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

गएराति काठमाडौँ महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोरमा 

बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।

मृत्यु हुनेमा बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्का छन्।

दुर्घटनामाा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडी सवार अर्का एकजना घाइते भएका छन्।

उनको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .