ad ad

कारोबार


एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ? (पत्रसहित)

एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ? (पत्रसहित)

नेपालखबर
मंसिर २०, २०८० बुधबार १२:१९, काठमाडौँ

नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ। 

उसले यसबारेका सम्बन्धित कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई बुझाउने भन्दै पत्र पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन्। 

खनालका अनुसार एनसेलले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै  सेयर खरिदबिक्रीको कागजात संकलन गरिरहेको उल्लेख गरेको छ।

यस्तो छ एनसेलले प्राधिकरणलाई पठाएको पत्र : 

उपर्युक्त विषयमा तहाँको मिति २०८०/८/१५ च नं.  २११७५८ नं.को पत्र प्राप्त भयो। तत्सम्बन्धमा निम्नलिखित जानकारी गराउँदछौँ। 

यस कम्पनीलाई प्राप्त जानकारीअनुसार यस कम्पनीको सेयरधनी रेनल्ड होल्डिंग्स लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियटा यूके र स्पेक्ट्रलाइट लिमिटेडका बीच सेयर खरिदबिक्री सम्झौतासम्म गरेको देखिन्छ। तहाँको पत्रका सम्बन्धमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ ‘१’ ट र नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क परिपालनको प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिदबिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलनको क्रममा रहेको व्यहोरा सादर अवगत गराउन चाहन्छौँ। 

एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको सबैमा अवगतै छ। तहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजियटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त मितिको सेयर खरिद विनियमावली २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संकलन गरी दूरसञ्चार नियमावली २०५४ को नियम १५ १ ट र दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त व्यक्तिको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क बमोजिम तहाँ प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा समेत सादर अवगत गराउन चाहन्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .