कारोबार


हिमालयन रि–इन्स्योरेन्सको आईपीओ जारी गर्न खुल्यो बाटो

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ जारी गर्न खुल्यो बाटो

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १८:१२, काठमाडौँ

हिमालयन रि–इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न अदालतले बाटो खोलिदिएको छ।

हिमालयन–रिको प्रिमियम आईपीओ रोकी पाऊँ भन्दै उच्च अदालत, पाटनमा दायर रिटमा न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

हिमालयन रिले भोलि मंसिर २७ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै छ।

अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गर्न लागेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई सेयर जारी गरेको थियो। 

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ गतेसम्म भर्न पाउनेछन्। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .