कारोबार


ग्लोबल आईएमई बैंकको विशेष घर कर्जा योजना, ब्याजदर ९.९९ प्रतिशत

ग्लोबल आईएमई बैंकको विशेष घर कर्जा योजना, ब्याजदर ९.९९ प्रतिशत

नेपालखबर
पुस ६, २०८० शुक्रबार १७:४३, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (होम लोन) योजना सार्वजनिक गरेको छ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहज रुपमा कर्जा सार्न सक्नेछन्।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्ने स्पष्ट पारेको छ।

ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .