सेयरबजारमा आज ४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक शून्य दशमलव ६२ अंकले घटे पनि १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको छ।
बिहीबार २ करोड २१ लाख कित्ता सेयर बिक्री भएको छ।
आज निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रो, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्यमा सकारात्मक सकिर्ट लाग्दा लगानीकर्ताले कमाएका छन्। आज लगानीकर्ताले ९.६० प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबारमा हिमालयन बैंक लिमिटेड प्रोमोटरको २३ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारको अन्तिम दिन आज ७९ हजार ३ सय ८९ पटक सेयर किनबेच भएको थियो।
27
Shares
प्रतिक्रिया