ad ad

कारोबार


अमेरिकी डलरको भाउ थप घट्यो, अरु धेरै विदेशी मुद्राको बढ्यो

अमेरिकी डलरको भाउ थप घट्यो, अरु धेरै विदेशी मुद्राको बढ्यो

नेपालखबर
माघ २१, २०८० आइतबार ५:२५, काठमाडौँ

आज अमेरिकी डलरबाहेक धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। 

गएको शुक्रबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा थियो। बिहीबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो। 

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। शुक्रबार युरो १ को खरिदर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। शुक्रबार  बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। शुक्रबार बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। शुक्रबार अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६६ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। शुक्रबार कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ५१ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .