ad ad

कारोबार


बैंकिङ क्षेत्रको मनोबल गिराउन खोजिँदै छ : अध्यक्ष केसी

बैंकिङ क्षेत्रको मनोबल गिराउन खोजिँदै छ : अध्यक्ष केसी

नेपालखबर
फागुन २०, २०८० आइतबार १७:२५, काठमाडौँ

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बौल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्। उनले नेपालको बैंकिङ उद्योग दक्षिण एशियाका अन्य देशहरुभन्दा सबल र बलियो रहेको दाबी गरे। 

पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अफ्ठ्यारो बनाएको अध्यक्ष केसीले बताए। उनले बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोप लगाए पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताए। 

उनले ७ सय १९ अर्ब बढी लगानी बैंकिङ क्षेत्रमा रहेको बताए। उनले बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अफ्ठ्यारो स्थिति भएको बताए। उनले बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गरे।

उनले नेपालको बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो योगदान रहेको बताए। उनले विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि मनोबललाई गिराउने काम भइरहेको भन्दै बैंकको ऋण मिनाह हुन नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .